News

काठमाडौंमा नै बदर मत धेरै अन्य ठाउमा के होला ?

स्थानिय निर्वाचन मत परिणाम

काठमाडौंमा नै बदर मत धेरै अन्य ठाउमा के होला ?


स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा भएको मत गणना निकै ढिला भएपछि मतगणणा तिब्र पार्न निर्वाचन आयोगले कर्मचारी थप गरेको छ ।

सोमबार दिउँसो २ बजेबाट मतगणना सुरु भए पनि अहिलेसम्म जम्मा हजार मत पनि गणण भएको छैन् । जसमध्ये मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्यको अग्रता छन् । २६९ मतका साथ उनी अग्रस्थानमा छन् ।

उनलाई पछ्याउँदै नेपाली कांग्रेसका राजुमान जोशी दोस्रो स्थानमा छन् । उनले १७९ मत प्राप्त गरेका छन् । तेस्रोमा साझा पार्टीका किशोर थापाको १७२ मत रहेको छ ।

चौथोमा विवेकशीलकी रन्जु दर्शनाको १२० र माओवादी केन्द्रका सर्वोत्तम डंगोलको १८ मत रहेको छ । निर्वाचन समितिले दिएको जानकारीअनुसार मेयरमा ६६ र उपमेयरमा ११९ मत बदर भएको छ । बदर भएकामध्ये उपमेयरमा उमेदवार नै नभएको सूर्यमा मत धेरै परेको छ । नेकपा एमाले र राप्रपाले मेयर र उयमेयरमा काठमाडौंमा तालमेल गरेका छन् ।

विशेष