मतगणना छिटो गर्न के गर्दै हुनुहुन्छ ? भन्दा निर्वाचन आयोगका प्रवक्ताले दिए ‘हरिबहादुर’ को जस्तै जवाफ
जेठ–२ ।
–‘अहिलेकै गतिमा काठमाडौंको मतगणना हुने हो भने उम्मेदवारहरुले वृद्ध भत्ता खानेबेलामा मात्रै सकिन्छ’
–‘यस्तो तरिकाले त अर्को चुनावमा मात्रै मत गणना सम्पन्न हुन्छ’
काठमाडौको मतगणनाको विषयलाई लिए जनताले व्यक्त गरेका केही मत हुन् यी । बढी कर्मचारी खटाएर भए पनि पर्सिसम्म परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगले घोषणा गरेका थियो । यस विषयमा निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मासँग सोध्दा उनले टेलिभिजन धारावाहिकका चर्चित पात्र हरिबहादुरले जस्तो जवाफ दिएका छन् । हाम्रो हाम्रो प्रश्न र उनको जवाफ यस्तो छः
प्रश्नः मतगणना ढिलो भयो भन्ने आम गुनासो छ, आयोगले छिटो गर्ने भनेको थियो, के कसो हुँदैछ ?
उत्तरः हो हुँदैछ । आयोगका सचिव ज्यूले पनि भन्नु भएको छ ।
प्रश्नः हुँदै त छ । तर कति कर्मचारी थप्ने ? के कसरी मतगणता हुने हो ? जानकारी पाउँ न ।
– अब छिटो मतगणना गर्ने भने पछि छिटो गर्ने हो । भइहाल्यो नी ।
प्रश्नः कति कर्मचारी थप्नु हुन्छ ?
– त्यो थपे पछि थाहा भइहाल्छ नी । अहिले के भन्नु र ।
प्रश्नः भोलिसम्म मतगणना सकिएला ?
– भोलिको कुरा अहिले कसरी भन्नु
तस्बिरमाः बायाँ हरिबहादुर दायाँ प्रवक्ता सूर्यप्रसाद शर्मा ।