४ वटै महानगरमा विलय हुँदै माओबादी, एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा
स्थानिय निर्वाचन मत परिणाम
स्थानिय तहको निर्वाचनको प्रारम्भिक मत परिणामले माओबादी केन्द्र ठुला ४ महानगरपालिकामा विलय हुने संकेत देखिएको छ । अन्य दलहरुले राम्रो मत पाईरहदा माओवादी केन्द्र भने पछाडि छ ।
काठमाडौं महानगरपालिकाको मेयरमा एमालेको ३२५ मत हुदाँ कांग्रेस ३९४ मत सहित अगाडि छ । माहोबादी केन्द्रको यी दुई दलहरु भन्दा धेरै पछाडि छ । अहिलेको ताजा स्थिीतिमा माओबादी केन्द्रलाई ३० मत मात्र प्राप्त भएको छ ।
ललितपुर महानगरपालिकामा पनि माओबादी केन्द्रको अवस्था अत्यन्त नाजुक छ । एमालेले २६२५ मत ल्याएर अग्रता कायम गरिरहँदा माओबादी केन्द्रको ८२७ मत छ । कांग्रेस २१७७ मत ल्याएर दोस्रो स्थानमा छ ।
भरतपुर महानगरपालिकामा एमालेको १०७७ मत हुदाँ माओवादीको ७७३ मत छ । पोखरा महानगरपालिकामा एमालेले १४४६ मत ल्याउदा कांग्रेसको १४२५ मत ल्याएको छ ।