News

यसरी बच्नुहोस् चट्याङबाट

यसरी बच्नुहोस् चट्याङबाट


जेठ ३ । हरेक वर्ष चट्याङका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

चट्याङले हुने मानवीय क्षतिको विकराल स्थिती रहे पनि अझै आम जनमानसमा यसबाट जोगिने उपााय, सुरक्षाका लागि गर्नुपर्ने विभिन्न प्रक्रिया, प्राथामिक उपचारलगायतबारे कमै जनचेतना रहेको छ ।

चटयाङ परेका बेला कसरी जोगिने ?

१) फुस, पक्की वा जस्तोसुकै घरमा चटयाङको सुचालक (लाइटनिङ कन्डक्टर) लगाउनुपर्छ ।
२) जमिनमा रहँदा असुरक्षित अग्लो वस्तुको मुनि, छेउछाउमा बस्नु हुँदैन ।
३) अग्लो रूख, बाँसको झाङलगायतको मुनि र खुल्ला ठाउँमा बस्नु हुन्न ।
४) हाइटेन्सन लाइनको नजिक भए दुइटा ठूलो टावरबीच तारमुनि बस्दा हुन्छ ।
५) घरभित्र हुँदा रेडियो, टेलिभिजन, इलेक्ट्रोनिक उपकरण आदि बन्द राख्नुपर्छ ।
६) तार जोडिएको फोन (ल्यान्ड लाइन) उपयोग गर्नु हुँदैन । यसबाट मृत्युसमेत भएको छ ।
७) खुला धारामा नुहाउनु हुँदैन ।
८) सकेसम्म विद्युतीय उपकरणभन्दा टाढै बस्नुपर्छ ।
९) चटयाङ परिरहेका बेला रेडियो, टीभी, कम्प्युटर, सबैको मोडेम र पावर प्लग निकाल्नुपर्छ ।
१०) झयालढोकाबाट अलि टाढा बस्नुपर्छ ।
११) नांगा खुट्टाले भुइँमा टेक्नु हुँदैन ।
१२) पछिल्लोपटक चटयाङको आवाज सुनेको आधा घण्टासम्म बाहिर निस्कनु हुँदैन ।

चट्याङ

विशेष