News

चित्रबहादुरका भाइलाई पछार्दै कांग्रेसले जित्यो

चित्रबहादुरका भाइलाई पछार्दै कांग्रेसले जित्यो

बाग्लुङ । बागलुङको गलकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भरत शर्मा गैरे निर्वाचित भएका छन् ।

करिब ५ हजार ८ सय १४ मत प्रप्त गर्दै शर्माले चित्रबहादुर केसीका भाइलाई पछारेका हुन् । प्रतिद्वन्दी टंक केसीले ३ हजार ३ सय ६२ मत प्राप्त गरेका छन् ।
यस्तैगरि उपमेयरमा पनि कांग्रेसकै रेणुका काउचा विजयी भएकी छिन् ।

३ हजार ९९ मत ल्याएर उनी उपमेयरमा विजयी भएकी हुन् । उनै प्रतिद्वन्दी एमालेकी रत्ना भण्डारीले ३ हजार ३ सय ५४ मत ल्याएकी छिन् ।

अर्को पार्टी माओवादी केन्द्रका मेयर पदका उम्मेद्वार फमलाल न्युरोले २ हजार ७ सय ४० मत प्राप्त गरे भने उपमेयरका उम्मेद्वार ललित थापाले २ हजार ८ सय ६० मत प्राप्त गरेका छन् ।

करिब ११ वटा वडा भएको गलकोट नगरपालिकामा वडा नंबर २, ३, ४, ५, ६, ७, ८, ९ र १० सबैमा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा नंबर १ र ११ मा जनमोर्चा र एमाले गठबन्धनको प्यानलले जितेको छ भने वडा नंबर ६ र ७ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।

Sthaniya CHunab

विशेष