विदेश

अफ्गानिस्तानको सरकारी टेलिभिजन स्टेशनमा अात्मघाती अाक्रमण

अफ्गानिस्तानको सरकारी टेलिभिजन स्टेशनमा अात्मघाती अाक्रमण

काबुलः अफ्गानिस्तानको जलालाबाद शहरस्थित सरकारी टेलिभिजन स्टेशनको कार्यालयमा बन्दुकधारीले आक्रमण गरेका छन्। अडाइँ जारी छ तर आक्रमणमा कोही मारिएको खबर प्राप्त भएको छैन।

प्रान्तीय गभर्नरका अनुसार तीनजना आक्रमणकारी टेलिभिजन स्टेशनको कार्यालयमा प्रवेश गरेका थिए। उनीहरुमध्ये दुईजनाले आत्मघाती विस्फोट गराएकाे बीबीसीले जनाएको छ ।

सुरक्षाकर्मीले भवनलाई कब्जामा लिएपछि बाँकी एकजनाले लडाइँ गरिरहेका छन्। स्टेशनका प्रमुखसहित १२ जना कर्मचारीलाई भवनबाट उद्धार गरिएको छ। तर केही कर्मचारीहरु भवनभित्रै थुनिएको बताइएको छ।

अात्मघाती अाक्रमण

विशेष