प्रमुख आयुक्तले भने, २० वर्ष निर्वाचन नहुँदा चुप लागेर बस्नेहरु अहिले एक हप्ता धैर्य गर्न नसक्ने ?

प्रमुख आयुक्तले भने, २० वर्ष निर्वाचन नहुँदा चुप लागेर बस्नेहरु अहिले एक हप्ता धैर्य गर्न नसक्ने ?

काठमाडौं । एक हप्ताभित्रै पहिलो चरणको निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक हुने प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख आयुक्त यादवले एक हप्ताभित्रै सबै मतपरिणाम आइसक्ने दाबी गरेका हुन् । उनले भने,‘मतगणना भैरहेको छ, तर ढिलाइचाहिँ भएको हो, यसको प्रमुख कारण भनेको नै मतपत्र ठूलो भएर हो, अब हामी मतगणना डेस्क बढाउँछौं ।’ उनका अनुसार काठमाडौं, ललितपुर, पोखरा, भरतपुर महानगरमा मतगणना डेक्स थपिनेछन् ।

यादवले पहिलो चरणको निर्वाचन सम्पन्न भएकै साँझदेखि मतगणना कार्य सुरु भएको उल्लेख गर्दै अहिलेसम्म २५ जिल्लाको मतगणनना सकिएको बताए। यद्धपी उनले मतगणना ज्यादै ढिला नभएको स्पष्ट पारे ।

उनले भने,‘अहिले केही ढिलाई भएका छन्, तर समय लाग्दा कोही पनि आँत्तिनु हुँदैन, २० वर्ष निर्वाचन नहुँदा चुप लागेर बस्नेहरु अहिले किन एक हप्ता धैर्य गर्न नसकेका होलान् ? मलाई त आश्चर्य लागेको छ ।’

यादवले मतपरिणाम सार्वजनिक गर्नकोलागि विद्युतीय डिस्प्ले पनि राखिने तयारी भएको बताए ।

 

निर्वाचन मतपरिणाम डा. अयोधिप्रसाद यादव

संम्बधित खबर

विशेष