चुनावले पछि धकेलियाे कक्षा ११ काे परीक्षा (तालिकासहित)

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा असार ८ गतेबाट सञ्चालन गर्ने भएको छ । यसअघि असार १ गतेबाट सञ्चालन गर्ने भनिएको परीक्षा दोस्रो चरणको स्थानीय तहको निर्वाचनका कारण सारिएको हो ।
असार ८ गते सुरु हुने परीक्षा असार १८ गतेसम्म सञ्चालन हुनेछ । यसअघि शुरुमा वैशाख २४ गतेदेखि गर्ने भनिएको कक्षा ११ को परीक्षा वैशाख ३१ गतेलाई निर्वाचनको मिति घोषणा गरिएकै कारण असार १ गतेसम्मका लागि सारिएको थियो ।
तर, वैशाख ३१ गतेपनि सबै प्रदेशमा चुनाव हुन नसकेपछि दोस्रो चरणमा जेठ ३१ गतेलाई सारिएपछि परीक्षाको तालिका पनि पर धकेलिएको हो ।
यस्ताे छ तालिका :
राष्ट्रिय परीक्षा बोर्ड