News

वीरगन्जको मीना बजारमा तस्करको बिगबिगी

वीरगन्जको मीना बजारमा तस्करको बिगबिगी

वीरगन्जको मीना बजारमा तस्करको बिगबिगी बढ्दै गएको छ । सुनदेखि नुनसम्म पाइने मीना बजारका व्यापारीको माग अनुसार तस्करले सीमा पारी भारतको रक्सौल बजारबाट दैनिक उपभोग्य समान ल्याउने गरेका छन् ।

तस्करले दैनिक रु १० लाख भन्दा बढी मूल्यका समान साँझ परेपछि व्यापारीलाई बुझाउने गरेकाले भन्सार समेत प्रभावित हुन पुगेको छ । 

नजिकै सामुदायिक प्रहरी बिट भए पनि तस्करीका समान निर्वाधरुपमा भित्रिनुलाई प्रहरीको समेत मिलोमतो भएको आँकलन यहाँका बासिन्दाले गरेका छन् । तस्करले भारतबाट भन्सार छलेर समान वीरगन्जमा जम्मा गर्ने र साँझ परेपछि सम्बन्धित व्यापारीलाई दिने गरेको मीना बजारका एक व्यापारी बताउँछन् ।

सीमा क्षेत्रका इनर्वा, छपकैया, सिरसिया, भन्सार गेटमा रहेका प्रहरी र सशस्त्र प्रहरीलाई महिनाबारी रकम दिएर तस्करहरुले समान ल्याउने गरेका छन् । तस्करसँग महिनाबारी रकम उठाउन घुमुवा प्रहरी नै परिचालन गरिएको उनको भनाइ छ ।

तस्करले साइकलमा समान ल्याउने गरेको स्वीकादै पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले सीमा क्षेत्रमा रहेका प्रहरीलाई जतिसुकै गाली गरेपनि टेर्दैनन् भन्ने जवाफ दिए । ती नाकाबाट प्रतिबन्धित कुखुराका चल्ला निर्वाधरुपमा आउँदा पनि प्रहरीले रोक्न सकेको छैन। यस्ता काममा महिलासमेत सक्रीय छन् ।

वीरगन्ज तस्कर

विशेष