News

सल्यानको तीन गाउँपालिका र ५३ वडाको मत परिणाम सार्वजनिक

सल्यानको तीन गाउँपालिका र ५३ वडाको मत परिणाम सार्वजनिक

सल्यानः सल्यानमा आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म तीन गाउँपालिका र ५३ वडाको मत परिणाम सार्वजनिक गरिएको छ ।

दार्मा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका निमबहादुर केसी र उपाध्यक्षमा टीका वली शर्मा निर्वाचित भएका छन् । केसीले अध्यक्षमा तीन हजार ६९४ मत र वलीले उपाध्यक्षमा ती हजार ६९५ मत प्राप्त गरी विजयी भएका हुन् । यसैगरी, दार्मा गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका कविकुमार चन्द, २ मा माओवादी केन्द्रका डिल्ली केसी, ३ मा माओवादी केन्द्रका सेतीराम रोका, ४ मा माओवादी केन्द्रका चन्द्रबहादुर रावत, ५ मा माओवादी केन्द्रका दुर्गा मल्ल र ६ मा माओवादी केन्द्रका रामबहादुर केसी विजयी भए ।

यसैगरी, ढोरचौर गाउँपालिका अध्यक्षमा एमालेका चित्रबहादुर चलाउने विजयी भएका छन् । उनले एक हजार ९२५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरवीर चलाउनेले एक हजार ५४८ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेका पुष्पा बोहराले एक हजार ९४६ मत प्राप्त गरी विजयी भइन् ।

ढोरचौर गाउँपालिका १ मा माओवादी केन्द्रका रामबहादुर बस्नेत, २ मा माओवादी केन्द्रकै रुद्रबहादुर वुढथोकी, ३ मा नेकपा ९एमाले०का शालिकराम बुढाथोकी र ५ मा नन्दलाल बोहरा विजयी भए । वडा नं ४ मा भने काँग्रेसका दिनेश बिएम र एमालेका देवेन्द्र रोकाले बराबरी मत प्राप्त गरेपछि गोलाप्रथा गरिएको हो र त्यसबाट काँग्रेसका दिनेश बिएम विजयी भएका छन् ।

यसैगरी, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका मानबहादुर डाँगी दुई हजार ७६५ मत प्राप्त गरी विजयी भएका हुन् । उपाध्यक्षमा काँग्रेसका करुणा खड्काले दुई हजार ६४५ मत प्राप्त गरी विजयी भएकी छिन् ।

त्रिवेणी गाउँपालिका–१ मा नेकपा एमालेका छवि खत्री, २ मा नेपाली काँग्रेसका मेघराज खड्का, ३ मा काँग्रेसकै हुकमप्रसाद महतरा, ४ मा काँग्रेसकै छविराज शर्मा, ५ मा एमालेका डिल्लीबहादुर बोहरा र ६ मा काँग्रेसका मानबहादुर वली विजयी भएका छन् ।

विशेष