विदेश

दबंग स्टाइलमा दुलाहालाई प्रेमीकाले मण्डपबाटै अपहरण गरेपछि

दबंग स्टाइलमा दुलाहालाई प्रेमीकाले मण्डपबाटै अपहरण गरेपछि

भारतम भएको एक विवाह समारोहमा एक प्रेमिकाले हातमा पेस्तोल लिएर मण्डपबाटै दुलाहालाई अपहरण गरेकी छिन् । दुबैजनाको दुई वर्षदेखि प्रेम सम्बन्ध रहँदै आाएके थियो । घटनाक्रमपछि दुलाहको अहिलेसम्म पनि पत्ता लागेको छैन । 

उक्त घटना भारतस्थित हमीपुर जिल्लाको मौदहा थाना क्षेत्रकोमा घटेको हो । त्यहाँ एक जोडिको विवाह हुन लागेको थियो । जन्ती आएप्छि दुलाहा र दुलहीले एकअर्कालाई वरमाला पनि लगाइसकेका थिए ।

अचानक विवाह स्थलमा कार आएर रोकियो । उक्त करबाट हातमा पेस्तोलसहित एक युवती निस्किइन् र सिधै मण्डपमा पुगिन् । उनले दुलहालाई घिच्याएर अन्य साथीको मद्दतमा कारमा हलिन् र फरार भइन् । उक्त घटना पछि दुलही निराश छिन् र प्रेमिका भएर पनि दुलहले आफूलाई किन धोका दियो भनेर गुनासो पोखेकी छिन् ।

१५ मेमा उक्त घटना घटेको थियो । उक्त घटनादेखि दुलहाको पत्ता नलागेको स्रोतले बताएको छ । प्रहरीले उनीहरुलाई खोज्ने काम जारी राखेको छ । - एजेन्सी 

अपहरण

विशेष