News

संशोधन प्रस्ताव फिर्तागरी दोस्रो चरणको निर्वाचनलार्इ सहज बनाउन एमालेको ध्यानाकर्षण

संशोधन प्रस्ताव फिर्तागरी दोस्रो चरणको निर्वाचनलार्इ सहज बनाउन एमालेको ध्यानाकर्षण

संविधान संशोधन प्रस्ताव फिर्तागरी दोस्रो चरणको स्थानीय निर्वाचनमा केन्द्रित हुन नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । उपाध्यक्ष बामदेव गौतमको ललितपुरको भैसेपाटीस्थित निवासमा बसेको एमाले स्थायी समितिको बैठकले प्रस्ताव फिर्ता गरी दोस्रो चरणको निर्वाचनलार्इ सहज बनाउन सरकारको ध्यानाकषर्ण गराएको हाे । 

त्यस्तै प्रधानन्याधिश सुशीला कार्की माथि व्यवस्थापिका संसदमा पेश गरिएको महाअभियोग पनि तत्काल फिर्ता लिन एमालेले माग गरेको छ ।

‘बिनाऔचित्य अगाडि बढाइएको संविधान संशोधन प्रस्तावसमेत फिर्ता गरी सहजढंगले दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न गर्न, संविधान कार्यान्वयन र तोकिएको समयमा तीनै तहको निर्वाचन सम्पन्न गर्ने काममा राजनीतिक समझदारी निर्माण गर्न सरकारसमक्ष माग गर्दछ’बैठकपछि प्रचार प्रमुख योगेश भट्टराई जारी गर्नु भएको प्रेस बिज्ञप्तिमा भनिएको छ ‘हाम्रो पार्टी प्रधानन्यायाधीश सुशीला कार्कीमाथि व्यवस्थापिका संसदमा पेस गरिएको औचित्यहीन महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन सम्बन्धित पक्षहरुसँग माग गर्दछौ ।’

विशेष