News

निर्वाचनका बेला तोकेको जिम्मेवारी पूरा नगर्ने ७ जना कर्मचारी कारबाहीमा

निर्वाचनका बेला तोकेको जिम्मेवारी पूरा नगर्ने ७ जना कर्मचारी कारबाहीमा

निर्वाचन आयोगले तोकेको जिम्मेवारी पूरा नगर्ने ७ जना कर्मचारीलाई कारबाही गर्ने भएको छ । आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले दिएको नियुक्ति पत्रसमेत लिन नमानेको भन्दै ति कर्मचारीहरुलाई स्पष्टीकरण मागेको जनाएको छ ।

आयोगले स्पष्टीकरण लिएका कर्मचारीहरुमा अधिकार सम्पन्न बागमती सभ्याता एकीकृत विकास समितिका उपसचिव जिवनराम पुरी,महालेखा नियन्त्रण कार्यालयका उपसचिव काशीनाथ भट्टराई,राष्ट्रपतिको कार्यालयका उपसचिव प्रलहाद प्रसाद पुडासैनी रहेका छन् । संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव खेमप्रसाद उपाध्याय,पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाका उपसचिव शिवराम भट्टराई,भौतीक पुर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद घिमिरे र नारायणहिटि दरबार संग्राहालयका रोहीतप्रसाद ढुगांनालाई पनि आयोगले स्पष्टीकरण मागेको छ । 

पन्ध्र दिनभित्र यस विषयमा सम्बन्धीत निकायलाई जानकारी दिन आयोगले भनेको छ ।

निर्वाचन अायोग

विशेष