News

८१ स्थानको मतपरिणाम सार्वजनिक एमालेको अग्रता कायमै, कस्ले कहाँ जिते

८१ स्थानको मतपरिणाम सार्वजनिक एमालेको अग्रता कायमै, कस्ले कहाँ जिते


जेठ ३ । स्थानीय तह पहिलो चरणको निर्वाचनको मत परिणाममा नेकपा एमाले र नेपाली कांग्रेसबीच तिव्र प्रतिस्पर्धा देखिएको छ ।

अहिलेसम्म घोषित ८१ स्थानको मत परिणाममा नेकपा एमालेका उम्मेदवारहरु २८ स्थानीय तहको प्रमुखमा विजयी भएका छन् भने नेपाली कांग्रेसका २५ जना उम्मेदवार विजयी भएका छन् ।

त्यसगरी नेकपा माओवादी केन्द्रले १७ स्थानको प्रमुखमा जित हात पारेको छ । तीन जना भने स्वतन्त्र उम्मेदवार स्थानीय तहको प्रमुखमा विजयी भएका छन् ।
पछिल्लो परिणामअनुसार काभ्रेको खानीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कृष्णबहादुर खुलाल र उपाध्यक्षमा पनि एमालेकै रुकमणि गुरुङ विजयी भएका छन् ।

जुम्लाको कनका सुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नरवीर राउत विजयी भएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकी उर्मिला भण्डारी विजयी भएकी छन् ।

डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका ओमबहादुर बुढा विजयी भएका छन् । त्यसैगरी उपमेयरमा पनि नेकपा एमालेकी चन्द्रकुमारी बुढा विजयी भएकी छन् ।
स्याङ्जाको हरिनास गाउँपालिकाको अध्यक्षमा एमालेका खिलनारायण मानन्धर विजयी भएका छन् भने उपाध्यक्षमा पनि एमालेकै धनमाया पराजुली निर्वा्चित भएकी छन् । पर्वतको महासिला गाउँपालिका प्रमुखमा एमालेका राजु पौडेल र उपप्रमुखमा हिरादेबी थापा विजयी भएका छन् ।

रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उपेन्द्र लम्साल विजयी भएका छन् । यस्तै, सिन्धुपाल्चोकको गोलन्जर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका पुष्प कार्की विजयी भएका छन् । रुकुमको मुसीकोट नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका देवीलाल गौतम प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रकै प्रेमकुमारी सुनार विजयी भएका छन् । दैलेखको नारायण नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा एमालेका रत्नबहादुर खड्का र एमालेकी सावित्री मल्ल विजयी भएकी छन् ।

रसुवाको गोसाईकुण्ड गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार केसाङ नोर्वु तामाङ र उपाध्यक्षमा पनि एमालेकै करग्याल्मु तामाङ श्रेष्ठ विजयी भएका हुन ।
नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका डम्बरबहादुर जिसी र उपाध्ययमा पनि कांग्रेसकै मीना राना विजयी भएकी छन् । जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका देवलसिंह रावल र उपाध्यक्षमा एमालेका जन्मकन्या खत्री विजयी भएकी छन् ।

गोर्खाको चुमब्री गाउँपालिकाको अध्यक्षमा कांग्रेसका धनबहादुर गुरुङ र उपाध्यक्षमा माओवादीकी केन्द्रकी कुमारी गुरुङ विजयी भएकी छन् । जुम्लाको पातारासी गाउँपालिकामा कांग्रेसका लक्ष्मण बोहोरा उपाध्यक्षमा कांग्रेसकै पूर्णकली महतरा विजयी भएकी छन् । सल्यानको ढोरचौर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका चित्रबहादुर चलाउने र उपाध्यक्षमा पनि एमालेकै पुष्पा बोहोरा विजयी भएकी छन् । ललितपुरको महांकाल गाउँपालिकाको अध्यक्षमा एमालेका रामचन्द्र दाहाल र उपाध्यक्षमा कमला तामाङ विजयी भएकी छन् ।

सल्यानको दार्मा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका निमबहादुर केसी र उपाध्यक्षमा टीका शर्मा वली विजयी भएकी छन् । तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दुर्गाबहादुर थापा विजयी भएका छन् भने उपाध्यक्षमा नेपाली कांग्रेसका विमला थापा विजयी भएकी छन् । कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा पनि एमालेका बेदबहादुर गुरुङ र उपाध्यक्षमा एमालेकै विष्णुमाया आचार्य पौडेल विजयी भएकी छन् ।

Sthaniya CHunab

विशेष