News

कार्यकर्ताका चाहनाविपरीत देउवाले तालमेल गर्दा भरतपुर उम्कियो, पोखराको त कुरै नगरौं

कार्यकर्ताका चाहनाविपरीत देउवाले तालमेल गर्दा भरतपुर उम्कियो, पोखराको त कुरै नगरौं

जेठ–३ । कार्यकर्ताको चाहनाविपरीत भरतपुर महानगरमा तालमेल गर्ने कांगे्रसको निर्णय माओवादीका उम्मेदवार रेणु दाहालका लागि घातक भएको छ । एमालेका देवी ज्ञवालीले भरतपुरमा ८ सय मतले लिड गरिरहेका छन् । भरतपुरका कांग्रेसी मतदाताले सोझै मत क्रस गरेर सूर्यमा छाप लगाएको आँकलन गरिँदैछ । रेणुले १६२९ मत पाउँदा देवीले २४५९ मत पाएका छन् । यो अन्तरले रेणुको जीत अझै पर धकेलिएको छ ।

उता पोखरामा पनि एमालेका मानवहादुर जिसी ५२३० मतका साथ लिड गरिरहेका छन् । कांग्रेस माओवादीको तालमेल भएका कारण पोखरामा माओवादीका उम्मेदवार मेयरमा छैनन् । कांग्रेसका रामजी कुँवर ३६४२ मतसहित दोस्रो स्थानमा छन् । यी दुई स्थानमा कांग्रेसले जित्ने अपेक्षा गरिएको थियो । तर माओवादीसँग मिलेपछि कांग्रेस पछि परेको धेरैले अनुमान गरेका छन् ।

भरतपुरमा कांग्रेस –माओवादीकी उम्मेदवार रेणु दाहाल प्रचण्डकी छोरी हुन् भने पोखरामा कांग्रेस माओवादीका साझा उम्मेदवार रामजी कुँवर कांग्रेस नेता अर्जुननरसिंह केसीका बहिनी ज्वाइ हुन् ।

विशेष