विदेश

शाही खानदान छाडेर सर्वसाधारणसँग विवाह गर्दै जापानी राजकुमारी

शाही खानदान छाडेर सर्वसाधारणसँग विवाह गर्दै जापानी राजकुमारी

जेठ ४ । जापानी राजकुमारी माकोले सर्वसाधारणलाई विवाह गरेर शाही हैसियत त्याग गर्ने भएकी छन् ।

सम्राट अकिहितोकी २५ वर्षीया जेठी नातिनीलेसँगै अध्ययन गर्दा भेटेकी २५ वर्षकै केइ कोमुरोसँग सम्बन्ध जोड्ने भएकी हुन् । कोमुरो एक ’ल फर्म’मा काम गर्छन् । जापानको शाही कानुन बमोजिम सर्वसाधारणसँग विवाह गरे राजकुमारीले शाही परिवार त्याग्नु पर्छ । राजकुमारी माको र केइ कोमुरोको भेट सन् २०१२ मा टोक्योस्थित इन्टरनेशनल क्रिश्चियन युनिभसिटिमा पढ्दा भेट भएको थियो ।

जापानको राजपरिवार इम्पेरियल हाउसहोल्डले सीएनएनसँग राजकुमारीको बिहेपूर्व ’इन्गेजमेन्ट’को तयारीबारे योजना भइरहेको बताएको छ । हाल ८३ वर्ष पुगेका सम्राट अकिहितोले गत अगस्ट महिनामा अब आफ्नो उमेरले नियमित कार्यभार सम्हाल्न अप्ठ्यारो पर्न सक्ने भन्दै गद्दीत्यागको संकेत गरेका थिए ।

जापानको गद्दीका निम्ति अहिले चार उत्तराधिकारी छन्न अकिहितोका छोराहरु युवराज नारुहितो र राजकुमार फुमिहितो, अनि राजकुमार फुमिहितोका छोरा राजकुमार हिसाहितो तथा सम्राटका कान्छा भाइ राजकुमार मासाहितो । राजकुमारी माको राजकुमार फुमिहितोकी जेठी छोरी हुन् ।

जापानी राजकुमारी माको

विशेष