पहिलो महिला मेयर कान्तिका, जसको श्रीमान हवाई दुर्घटनामा बितेका थिए

सागर बुढाथोकी

पहिलो महिला मेयर कान्तिका, जसको श्रीमान हवाई दुर्घटनामा बितेका थिए

समाजिक सञ्जालमा यतिबेला कान्तिका सेजुवालको चर्चा निकै चुलिएको छ ।सेजुवाल नेपालको पहिलो महिला मेयर बनिन् । मेयर जित्ने बित्तिकै उनलाई बधाई दिनेको ओइरो लाग्यो । जुम्लाबासीले उनको स्वागत गरे ।

उनको यत्ति धेरै चर्चा पहिलो महिला मेयर बनेर मात्र भएको हैन् । यसको पछाडि एउटा दुखद् घटना लुकेको छ । उनको श्रीमान मानव सेजुवाल नेपाली कांगे्रसका सक्रिय समाजसेवी थिए । जिल्लामा अत्यन्तै राम्रो छवी बनाएका उनी अत्यन्तै लोकप्रिय थिए ।

तर, हुने हार दैव नटार भनेजस्तै दुई वर्षअघि विमान दुर्घटनामा उनको मृत्यु भयो । आफ्नो श्रीमानको मृत्युको खबरले कान्तिका क्षतविक्षत भईन् । उनलाई दैवले ठगेको महसुस भयो ।

तर, उनले हार मानिनन् । उनले आफ्नो मनलाई सम्झाइन् र दिवंगत श्रीमान् मानव सेजुवालले कोरेको बाटोमा हिँड्ने अठोट गरिन् ।  तर, एउटा साधारण शिक्षिकाको लागि राजनीतिको मैदानमा उत्रिनु सहज थिएन् । तैपनि उनले हिम्मत नहारिकन् जोखिम मोलिन् । जोखिम मोल्दै गर्दा राजनीतिको मैदानमा धेरै अफ्ठ्याराहरु थिए । स्थानिय जनताहरुको साथ र सहयोगले उनले ती अफ्ठ्याराहरु पार गर्दै गइन् ।

उनको जोखिम खेर गएन् । २० वर्षपछि भएको स्थानीय निर्वाचनमा उनी मेयर बन्ने पहिलो महिला बन्न सफल भएकी छिन् । कान्तिकाले जुम्लाको चन्दननाथ नगरपालिकाबाट उम्मेदारी दिएकी थिइन् ।  आफ्नो निकटतम प्रतिद्धन्दी नेकपा एमालेका शान्तिलाल महतलाई ७११ मतले पराजित गर्दै यसपालिको स्थानीय निर्वाचनमा पहिलो महिला मेयर बनेकी हुन् । १० वटा वडा रहेको नगरपालिकामा २७७७ मत प्राप्त गर्दा उनी विजयी भएकी हुन् ।

गत महिना उनलाई मेयर पदका लागि सिफारिस हुँदा थुप्रै आलोचना भएको थियो । आलोचनाका बाबजुद उनलाई पार्टीले मेयरको टिकट दिने निर्णय गर्यो । पार्टीले गरेको विस्वासलाई उनले प्रमाणित गरिन् ।

कान्तिकाका श्रीमान मानव पनि यो क्षेत्रमा निकै लोकप्रिय नेताका रुपमा चिनिन्थे। २०७१ सालमा काठमाडौंबाट नेपाल एयरलाइन्स चढेर जुम्ला जाने क्रममा उनको विमान दुर्घटनामा निधन भएको थियो । उनको निधनपछि नेपाली कांग्रेसले जुम्लामा ठूलो क्षति बेहोरेको महसुस गरेको थियो।

कान्तिका जुम्लाको सामुदायिक स्कुल कर्णालीकी शिक्षिका पनि हुन् । दुईवटा विषयमा स्नातकोत्तर गरेकी उनी २ छोरी र २ छोराकी आमासमेत हुन् ।

 

nepalaaja

संम्बधित खबर

विशेष