News

यी हुन् पहिलो दलित महिला उपमेयर, जो स्ववियू सभापतिमा पनि उठेकी थिइन्

यी हुन् पहिलो दलित महिला उपमेयर, जो स्ववियू सभापतिमा पनि उठेकी थिइन्

पहिलो दलित महिला उपमेयरमा दर्शना नेपाली परियार चुनिएकी छिन् । उनी कालिकोट जिल्लाको तिलागुफा नगरपालिकाको माआवादी केन्द्रकी उम्मेदवार हुन् ।

दर्शनाले आफ्नो निकटम प्रतिद्धन्दी लक्ष्मी शाहीलाई हराएर उपमेयरको कुर्सी पक्का गरेकी हुन् । उनले शाहीलाई ६ सय मत अन्तरले हराएकी हुन् ।

दर्शना पद्यमकन्या क्याम्पसमा अखिल क्रान्तिकारीबाट विद्यार्थी राजनीति गर्दै आएकी थिइन् । उनी अखिल क्रान्तिकारीको केन्द्रिय सदस्यसमेत हुन् ।

यसअधिको स्ववियू चुनावमा उनी पद्यमकन्या क्याम्पसमा स्ववियू सभापतिको उम्मेदारको रुपमा उठेकी थिइन् । तर, चुनाव स्थगित भएकाले उनले उपमेयरको टिकट पाएकी थिइन् ।

महिला उपमेयर

विशेष