सिन्धुपाल्चोकको नौ गाउँपालिकामध्ये छवटाको मतगणना सम्पन्न, यस्तो छ मतपरिणाम
मेलम्ची: सिन्धुपाल्चोकको नौवटा गाउँपालिकामध्ये छवटाको मतगणना सम्पन्न भएको छ ।
प्राप्त मतपरिणामअनुसार लिसङ्खुपाखर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का कमलप्रसाद नेपालले दुई हजार ७६१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का राजु लामाले दुई हजार ७३१ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकै हिमगङ्गा मोक्तानले दुई हजार ८५२ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका खुलम लामाले दुई हजार ४१६ मत प्राप्त गरे।
यसैगरी पाँचपोखरी थाङ्पाल गाउँपालिकाको अध्यक्षमा एमालेका टाँसी लामाले तीन हजार ८८५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उदय सापकोटाले तीन हजार ३९ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकै सुनिता अधिकारीले तीन हजार ९३१ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सविक्षा गुरुङले दुई हजार ६१८ मत प्राप्त गरिन्।
यस्तै जुगल गाउँपालिकाको अध्यक्षमा एमालेका होमनारायण श्रेष्ठले दुई हजार ७१८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जयबहादुर लामाले दुई हजार ४९७ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकै सिर्जना तामाङले दुई हजार ७८६ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्बिका नेपालले दुई हजार ३८८ मत प्राप्त गरिन् ।
यसैगरी बलेफी गाउँपालिकाको अध्यक्षमा एमालेका केदारबहादुर खत्रीले तीन हजार २३१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गङ्गाबहादुर तामाङले तीन हजार ५७ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकै कमला श्रेष्ठ कायस्थले तीन हजार ३६७ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दुर्गा नेपालले दुई हजार ९३८ मत प्राप्त गरिन् ।
यस्तै भोटेकोशी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजकुमार पौडेलले दुई हजार ५७३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका साङ्बु शेर्पाले दुई हजार ४२५ मत प्राप्त गरे ।
उपाध्यक्षमा माओवादी केन्द्रकै डाबुटी शेर्पा लामाले दुई हजार ५१० मत प्राप्त गरी विजयी भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गेल्मु बुढाथोकीले दुई हजार १४६ मत प्राप्त गरे ।
यसैगरी हेलम्बु गाउँपालिकाको अध्यक्षमा काँग्रेसका नीमा ग्याल्जेन शेर्पा चार हजार ९४५ मत प्राप्त गरी विजयी गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हस्तबहादुर पण्डितले तीन हजार २१३ मत प्राप्त गरे ।
उपाध्यक्षमा काँग्रेसकै कोपिला पण्डितले चार हजार ५०२ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नीमा जाङ्मु लामाले तीन हजार ८६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजेश काफ्लेले जानकारी दिए ।