News

सिलवालको मुद्दामा जेठ ११ गते सुनुवाइ हुने

सिलवालको मुद्दामा जेठ ११ गते सुनुवाइ हुने

काठमाडौंः सर्वोच्च अदालतले प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको मुद्दाको सुनुवाइ यही जेठ ११ गतेका लागि पेसी तोकेको छ ।

सात सदस्यीय न्यायाधीशमा देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशम्शेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना मल्ल र तेजबहादुर केसीको बृहत् पूर्ण इजलासमा सिलवालको मुद्दाको सुनुवाइ हुने कार्यसूचीमा बिहीबार तय भएपनि सुनुवाइ हुन सकेन । न्यायाधीश श्रेष्ठ प्रहरी नायब महानिरीक्षक सिलवालबीच नाता सम्बन्ध भएका कारण मुद्दा ‘हेर्न नमिलेको’ र यही जेठ ११ गते सुनुवाइ हुने तय भएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए ।

नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयलाई लिएर सिलवालले मन्त्रिपरिषदविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । यसअघि, गत वैशाख १९ गते अन्तिम सुनुवाइ हुने भनिएकामा त्यसको दुई दिनअघि नै प्रधान्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ता भएपछि मुद्दा प्रभावित भइ सनुुवाइ हुन सकेको थिएन । 

नवराज सिलवाल

विशेष