हुम्लाको सर्के गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका रोकाय विजयी
हुम्लाः हुम्लाको सर्के गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्ण रोकाय र उपाध्यक्षमा नेकपा एमालेका जोशी धामी निर्वाचित भएका छन् ।रोकायले एक हजार ९२० मत तथा उपाध्यक्ष धामीले एक हजार ८४५ मत ल्याइ विजयी भएका हुन् ।
रोकायका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका मंगबहादुर शाहीले एक हजार ७७५ तथा धामीका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी चन्दा फडेराले एक हजार १७२ मत प्राप्त गरेका छन् ।