News

यस्तो छ चार महानगरपालिकाको पछिल्लो मतपरिणाम

यस्तो छ चार महानगरपालिकाको पछिल्लो मतपरिणाम

चारवटै महानगरपालिकाको मत गणना जारी छ । चारवटै महानगरपालिका मध्ये तीन वटामा एमालेले अग्रता लिएको छ भने एक महानगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायम राखेकाे छ । 

पछिल्लो मतपरिणामअनुसार काठमाडाैँकाे मेयरमा नेकपा एमालेले अग्रता कायमै राखेको छ । बिहीवार साझ ८ बजेको नजिता अनुसार मेयरका एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले ६ हजार ५ सय ८६ मत पाएका छन् ।

शाक्यका निकटतम प्रतिद्वन्दी नेपाली काग्रेसका राजुराज जोशीले ४ हजार २ सय १५ मत पाएका छन् भने विवेकशील नेपाली दलकी रञ्जु न्यौपाने (दर्शना)ले २ हजार ७ सय ३५ मत पाएकी छन् ।

साझा पार्टीका किशोर थापाले १ हजार ९ सय ७६ मत प्राप्त गरेका छन् भने माअाेवादी केन्द्रका सर्वोत्तम डंगोलले ६ सय १० मत प्राप्त गरेका छन् । झण्डै २ लाख भोट खसेको काठमाडौं महानगरपालिकामा अहिले सम्म १० प्रतिसत मात्र भोट गणना भएको छ ।

त्यसैगरी, ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसा उनले १३ हजार ३२ मतसहित अग्रता लिएका हुन् । उनका निकटतम प्रतिद्वन्दि एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जकारसँग कडा प्रतिस्पर्धा भइरहेको छ । ब्यञ्जनकारले ११ हजार ५ सय ८ मत प्राप्त गरेका छन् ।

ललितपुरको मेयरमा साफा पार्टीका रमेश महर्जन पाँच हजार दु्र्इ ३५ मत ल्याइ तेस्रो स्थानमा छन् भने माअाेवादी केन्द्रका दीपक महर्जनले दु्र्इ हजार सात सय २९ मत ल्याएका छन् ।

त्यसैगरी भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले १० हजार १२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ७ हजार ९ सय ४७ मत प्राप्त गरेकी छिन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बद्री तिमिल्सिनाले ७ सय ७५ मत प्राप्त गरेका छन् । 

यसैगरी, पोखरा–लेखनाथ महानगरपालिकामा पनि कांग्रेस र एमालेबीच कडा टक्कर देखिए पनि एमालेकाे अग्रता कायमै छ । प्रमुखमा एमाले उम्मेदवार मानबहादुर जिसीले १० हजार ५ सय ५० मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्दी कांग्रेस उम्मेदवार रामजी कुँवरले १० हजार ३ सय ९६ मत प्राप्त गरेका छन् ।

विशेष