देवी ज्ञवालीको नजिक पुगिन् रेणु

भरतपुरः भरतपुर चितवन महानगरपालिकामा प्रचण्डपुत्री रेणु दाहाल एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीको नजिक आइपुगेकी छिन् ।
एमालेबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले १३,६३५ मत प्राप्त गरेका छन् भने माओवादीबाट मेयरकी उम्मेदवार रेणु दाहालले १३,४३२ मत प्राप्त गरेकी छिन् ।
यसैगरि मतगणनामा उपमेयरमा कांग्रेसका उम्मेदवार पार्वती शाह ठकुरीले १५,५२३ मत ल्याएकी छिन् भने एमालेकी दिव्य शर्मा आचार्यले ११,७३७ मत प्राप्त गरेकी छिन् ।
भरतपुरमा अहिलेसम्म ८ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ ।
bharatpur