News

प्रधानमन्त्री पुषपकमल दाहालद्वारा शास्वतधामकाे अवलाेकन

प्रधानमन्त्री पुषपकमल दाहालद्वारा शास्वतधामकाे अवलाेकन

नवलपरासीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शास्वतधामको अवलोकन गर्न पुगेका छन् । चौधरी समूहका मालिक विनोद चौधरीको निम्तोलाई स्वीकार्दै उनी नवलपरासीस्थित नव निर्मित शास्वतधाम अवलोकन गन पुगेका हुन् ।

करिब ७ विगाहामा फैलिएको उक्त धाममा विभिन्न देवी देवताको मठ मन्दिर, प्राचीन वस्तुहरुको संग्राहालय र मनोरन्जनात्मक पार्क समेत बनाइएको छ ।
चौधरी फाउण्डेसनले निर्माण गरेको उक्त धामको अवलोकन गर्न प्रधानमन्त्री दाहाल शुक्रबार बिहान १० बजे नवलपरासी पुगेका थिए ।

धामको अवलोकन गर्दै प्रधानमन्त्रीले भने, ‘यो धामलाई नेपालको गौरवको रुपमा लिएको छु । यसले नेपाललाई चिनाउन थप एउटा माध्यम बनेको छ ।’

 

puspakamal dahal prachanda

विशेष