News

आखिर देवी ज्ञवालीलाई पछारेरै छाडिन् रेणुले

आखिर देवी ज्ञवालीलाई पछारेरै छाडिन् रेणुले

भरतपुर । यतिबेला भरतपुर महानगरपालीकाको मत परिणामलाई चासोको विषयले हेरिएको छ । माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छिन् ।

मतान्तर घटाउँदै आएकी रेणुले एमालेका उम्मेदवार देवी ज्ञवालीलाई १४४ मतको अन्तरले पछि पारेकी हुन् । रेणुलाई १४ हजार १८८ मत प्राप्त भएको छ भने ज्ञवालीले १४ हजार ४४ मत प्राप्त गरेका छन् ।

कांग्रेसको अब्बल प्रभाव जमेको ठाउँको मतगणना हुन थालेपछि रेणुले अग्रता लिएकी हुन् ।

Renu Dahal

विशेष