News

दोस्रो चरणको निर्वाचन पछिमात्र पूर्ण बजेट ल्याउन सुझाव

दोस्रो चरणको निर्वाचन पछिमात्र पूर्ण बजेट ल्याउन सुझाव

काठमाडौं । दोस्रो चरणको निर्वाचन सकिएपछिमात्र पूर्ण बजेट ल्याउन अर्थविदहरुले सरकारलाई सुझाव दिएका छन् ।

संविधानले दिएको अधिकारअनुसार स्थानीय तहहरुमा कति रकम विनियोजन गर्ने भन्नेबारे प्रष्ट नभएको भन्दै उनीहरुले निर्वाचनपछिमात्र पूर्ण बजेट ल्याउन सरकारलाई सुझाएका हुन् ।

यही जेठ १५ गतेसम्म अंशिक बजेट ल्याएर काम अघि बढाउनुपर्ने र आगामी जेठ ३१ गतेको स्थानीय निवार्चन पछि पूर्ण बजेत ल्याउनुपर्नेमा उनीहरुको जोड छ ।
दोस्रो तहको निर्वाचन पछि नै पूर्ण बजेट ल्याउने पहलमा सबैजसो अर्थविदहरुले आफ्नो मत राखेका छन् ।

विशेष