विदेश

अफगानिस्तानमा पछिल्लो कारबाहीमा ११३ जना मारिए

अफगानिस्तानमा पछिल्लो कारबाहीमा ११३ जना मारिए

काबुलः अफगानिस्तानका विभिन्न ठाउँमा भएका सुरक्षा कारबाहीमा परी कम्तीमा ११३ जनाको मृत्यु भएको छ भने अरु झन्डै ५० जना घाइते भएका छन् । रक्षा मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा छुट्टाछुट्टै प्रदेशमा भएको कारबाहीका क्रममा ११३ जनाको मृत्यु हुनुका साथै ४९ जना घाइते भएका हुन् ।

सुरक्षा फौजले लडाकुहरुले आक्रमणका लागि तयार पारेका हतियार तथा विस्फोटक पदार्थहरु पनि नियन्त्रणमा लिई नष्ट पारेको मन्त्रालयले जनाएको छ । देशका ३४ ओटा प्रदेशमध्ये १७ ओटा प्रदेशमा सुरक्षा कारबाही तिव्र पारेको बताएपछि आफ्नोतर्फ के कति क्षति भएको छ भन्ने बारेमा भने मन्त्रालयले केही उल्लेख गरेको छैन ।

गत दुई वर्षदेखि सरकार विरोधी हिंसा मच्चाइरहेका समुहका विरुद्धमा अफगानिस्तानमा सरकारले सुरक्षा कारबाही चलाइरहेको छ । तालिवानी लडाकुसँग बिहीबार कापिसा प्रदेशको टागाबमा भएको भिडन्तमा परी पाँच जना प्रहरीको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । सिन्ह्वा

विशेष