News

त्रिपुरासुन्दरी गापामा एमाले विजयी

त्रिपुरासुन्दरी गापामा एमाले विजयी

चौतारा : सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का भूपेन्द्र श्रेष्ठ दुई हजार नौ सय पाँच मत ल्याई विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वीमा नेपाली काँग्रेसका भक्तध्वज बोहोराले दुई हजार सत सय छ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि एमालेकै दुर्गा नेपाल दुई आठ सय ४९ मत ल्याई विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी काँग्रेसकी पदमकुमारी श्रेष्ठले दुई हजार छ सय ६५ मत प्राप्त गरे । वडा नं १ मा काँग्रेसका तर्फबाट ८० वर्षीय कर्णबहादुर खड्काले समूहसहित विजय हासिल गरेका छन् । वडा नं ५ मा काँग्रेसका विष्णुभक्त श्रेष्ठ र वडा नं ६ मा काँग्रेसकै रामचन्द्र बुढाथोकी विजयी भए । वडा नं २ मा एमालेका मानबहादुर थामी, वडा नं ३ मा एमालेकै सुकदेव रिसाल र वडा नं ४ मा सोही दलका भोतेलो थामी विजयी भएका छन् । 

एमाले सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका

विशेष