News

भरतपुरमा बल्ल सुरु भयो मतगणना, तीन महानगरमा एमालेकै अग्रता

भरतपुरमा बल्ल सुरु भयो मतगणना, तीन महानगरमा एमालेकै अग्रता

केही समयअघि रोकिएको भरतपुर महानगरपलिकाको मतगणना सुरु भएको छ । मतगणना भएपनि पत्रकारलाई सुचना नदिइएपछि भरतपुर मतगणनालाई शंकास्पद दृष्टिकोणले हेरिएको थियो ।

माओवादी केन्द्र र कांग्रेस गठबन्धनकी मेयरकी उम्मेदवार रेणु दाहाल अर्का प्रतिस्पर्दी नेकपा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीको नजिक आइपुगीसकेकी छिन् ।
रेणुले १४०८९ मत ल्याएकी छिन् भने ज्ञवालीले १६१५५ मत प्राप्त गरेका छन् ।

कांग्रेस र माओवादीले ९ नम्बर वडामा मुचुल्कामा रहेको भन्दा कम मत फेला परेको भन्दै मत गणना बहिष्कार गरेका थिए । दलहरुबीच १० बुँदै सहमति भएपछि शुक्रबार अबेर मतगणना सुरु भएको थियो ।

पछिल्लो परिणाम अनुसार काठमाडौं महानगरपालिकामा नेकपा एमालेका विद्यासुन्दर शाक्य १८१५५ मतसहित अग्रस्थानमा छन् ।
नेपाली कांग्रेसका राजुराज जोशीले १२२३३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले ६३३४ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले ४२०८ मत प्राप्त गरेका छन् । त्यसैगरी ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले १६ हजार ३ सय ८३ मतसहित अग्रता लिएका छन् ।

एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले १४५४० मत प्राप्त गरेका छन् उता, भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले १५१५५ मत प्राप्त गरेका छन् ।यसैगरी पोखरा लेखनाथ महानगरपालिकामा पनि नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् ।

एमाले उम्मेदवार मानबहादुर जिसीले १९९५१ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार रामजी कुँवरले १८२५० मत प्राप्त गरेका छन् ।

 

Local Election

विशेष