News

कैलाली घटनाका दोषीलार्इ उन्मुक्ति दिनु सरकारको गैरजिम्मेवार निर्णय - साझा पार्टी

कैलाली घटनाका दोषीलार्इ उन्मुक्ति दिनु सरकारको गैरजिम्मेवार निर्णय - साझा पार्टी

काठमाडाैँः कैलाली घटनालाई लक्षित गर्दै सरकारले गरेको निर्णयबारे साझा पार्टीले गम्भीर धानाकर्षण भएको बताएका छ । साझा पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै  २०७२ भदौमा कैलालीको टिकापुरमा भएको जघन्य आपराधिक घटनालाई समेत लक्षित गरेको देखिने गरी नेपाल सरकारले यही जेठ ४ गते आरोपितहरु विरूद्को अदालतमा विचाराधिन मुद्दा फिर्ता लिन गरेको निर्णयप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको हाे ।

'आठजना सुरक्षाकर्मी र एक जना नावालकको विभत्स हत्याको त्रासदीपूर्ण घटनाका दोषीलाई राजनीतिक आवरणमा उन्मुक्ति दिनेतर्फको सरकारको यो गैरजिम्मेवार निर्णयको साझा पार्टी भर्त्सना गर्दछ,' विज्ञप्तिमा भनिएको छ, 'दण्डहीनतालाई प्रश्रय दिने सरकारको यो निर्णय विधिको शासन र मानव अधिकारका आधारभूत मूल्य/मान्यताको बर्खिलापमा रहेको स्पष्ट छ।'

कैलाली लगायत सबै आपराधिक घटनाको निष्पक्ष जाँचबुझ गरी दोषीलाई कानुनी कारबाही गर्न र मुद्दा फिर्तासम्बन्धि निर्णय तुरुन्त फिर्ता लिन साझा पार्टी सरकारलाई आग्रह अाग्रह गरेको छ । 

साझा पार्टी

विशेष