News

राप्ती नगरपालिकाको प्रमुख–उपप्रमुखमा एमाले उम्मेदवार विजयी

राप्ती नगरपालिकाको प्रमुख–उपप्रमुखमा एमाले उम्मेदवार विजयी

चितवनः राप्ती नगरपालिकाको प्रमुख र उपप्रमुखसहित अधिकांश वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

एमालेकी प्रभा बराल ११ हजार ६१३ मत ल्याइ प्रमुखमा विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किरणभूषण ओलीले सात हजार २९२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकै इमानसिंह लामा ११ हजार ८८२ मतका साथ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका अनिता मैनाली सात हजार ७४ मत प्राप्त गरेकी छन् ।

त्यस्तै, राप्ती नगरपालिकाको १३ मध्ये ११ वडाको वडाध्यक्षमा एमाले विजयी भएको छ भने वडा नम्बर–९ र १२ मा कांग्रेस विजयी भएको छ । यसरी विजयी हुनेमा एमालेका क्रमशः १ नम्बर वडामा सिद्धिलाल तामाङ, २ मा श्यामसुन्दर उप्रेती, ३ मा राजकुमार उप्रेती, ४ मा शम्शेर लामा र ५ मा मेनुका पाठक छन् ।

यस्तै, एमालेबाट वडा नम्बर–६ मा जल्लु महतो, ७ मा सुमिता डल्लाकोटी, ८ मा बुद्धिराज थपलिया, १० मा अम्मरबहादुर तमाङ, ११ मा हितबहादुर तमाङ र १२ मा सूर्यबहादुर प्रजा वडाध्यक्षमा विजयी भएका छन् ।

यसैगरी, वडा नम्बर–९ मा कांग्रेसका देवेन्द्र लामा र १२ मा सोही पार्टीका अर्जुन प्रजा अध्यक्षमा विजयी भएको निर्वाचन अधिकृत परमेश्वर पराजुलीले जानकारी दिए । 

विशेष