News

फर्जी मतपत्र भेटिएपछि रोकियो पोखरा लेखनाथ महानगरपालिकाको मतगणना

फर्जी मतपत्र भेटिएपछि रोकियो पोखरा लेखनाथ महानगरपालिकाको मतगणना

पोखराः पोखरा लेखनाथ महानगरपालिका - १७ मा दुईवटा फर्जी मतपत्र भेटिएपछि मतगणना स्थतिग गरिएको छ । मतगणनाका क्रममा दुईवटा फर्जी मतपत्र भेटिएपछि कांग्रेसले पुनःमतदान गर्न माग गर्दै मतगणना स्थलबाट बाहिरिएपछि मतगणना स्थगित भएको हो ।

कांग्रेसले उक्त स्थानमा फर्जी मत भेटिएको भन्दै अन्य स्थानमा पनि जारी मतगणना पनि स्थगन गर्न माग गरेको छ । एमाले बाहेक अन्य दलका प्रतिनिधिहरु मतगणना स्थलबाट निस्किएका छन् । निर्वाचन आयोगले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

पार्टी प्रतिनिधिहरुसँग बैठक चलिरहेकाले केहीबेरमा मतगणना सुरु हुने क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले बताए । मतगणना स्थलबाट बाहिरिएका कांग्रेसका मेयरका उमेदवार रामजी कुँवरले फर्जी मत कसरी प्रयोग भयो भन्ने कुरा अनुसन्धान गरेर नटुङग्याएसम्म मतगणनामा भाग नलिने बताएका छन् । वडा नम्बर १७ को मतगणना स्थगित भए पनि वडा नम्बर १४, १६, १८ र १९ को भने जारी नै रहेको छ ।

विशेष