अमेरिकी राष्ट्रपति ट्रम्पको पहिलो भ्रमण साउदी अरव
रियादः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो विदेश भ्रमण साउदी अरव भएको छ ।
पहिलो विदेश भ्रमणका रुपमा ट्रम्प शनिबार आठ दिने भ्रमणका लागि साउदी अरव पुगेका छन् । साउदी अरवको रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा ट्रम्पलाई रातो कर्पेटसहित स्वागत गरिएको थियो ।
ट्रम्पले आफ्नी श्रीमतीसहित राजा सल्मानलाई भेट गर्नेछन् । शनिबार बेलुका नै उनले दुई जना शक्तिशाली युवराजलाई पनि भेट गर्ने कार्यक्रम छ । उनले शीर्ष नेताहरुलाई भने आइतबार मात्रै भेट गर्ने जनाइएको छ । रियादको यो भ्रमणलाई इश्लामिक देशहरुसँगको अमेरिकाको सम्वन्ध सुधार्ने अवसरका रुपमा पनि लिइएको छ । सिन्ह्वा
डोनाल्ड ट्रम्प