काठमाडौंमा एमाले कांग्रेससँगको दूरी बढाउँदै
काठमाडौं–काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।
हालसम्म भएको मतगणनामा नेकपा एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले १३ हजार ५५७ मत प्राप्त गरेका छन् । त्यस्तै उनलाई पछ्याइरहेका कांग्रेसका राजुराज जोशीले ९ हजार ४८८ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेकी विवेकशील नेपाली दलकी रन्जु दर्शनाले ५ हजार ५४७ मत प्राप्त गरेकी छिन् भने साझा पार्टीका किशोर थापाले ४ हजार २३० मत पाएका छन् । माओवादी केन्द्रले १ हजार ५५९ मत पाएको छ ।