लमजुङकाे अन्तिम मत परिणाम : एमाले ५, कांग्रेस २ र माओवादी १ ठाउँमा विजयी

लमजुङ जिल्लाको सबै आठ स्थानीय निकायको अन्तिम मत परिणाम आएको छ ।
मत परिणामअनुसार मुख्य पदमा ५ वटा नेकपा एमाले, २ वटा कांग्रेस र एक वटामा माओवादी केन्द्रका उम्मेदवारहरुले जित हासिल गरेका छन् ।
शुक्रबार बेलुका भएको मतगणनामा राईनास नगरपालिकामा नेकपा एमालेका सिंहबहादुर थापा मेयरमा विजयी भएका छन् । उनले ४ हजार ८२ मत पाए । उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका गणेशप्रसाद सिलवाललले ३ हजार ९०७ मत ल्याए ।
यसैगरी, उपप्रमुखमा कांग्रेसकी धनकुमारी गुरुङ ४ हजार १ सय मत पाएर विजयी भइन् ।
लमजुङ मत परिणाम