News

२५० स्थानको मतपरिणाम सार्वजनिक, एमालेको अग्रता कायमै

२५० स्थानको मतपरिणाम सार्वजनिक, एमालेको अग्रता कायमै

काठमाडाैं : स्थानीय तह निर्वाचनअन्तर्गत पहिलो चरणको मतगणनामा नेकपा एमालेले अाफ्नाे अग्रता कायमै राखेकाे छ ।

शुक्रबारसम्म घोषित २५० स्थानको मतपरिणामअनुसार नेकपा एमालेले १०३ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ । त्यस्तै, नेपाली कांग्रेसले ९६ स्थानमा प्रमुखमा विजयी हुँदा माओवादी केन्द्र ४५ स्थानमा विजयी भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टी नेपालले एक–एक स्थानमा प्रमुखबाट जित हासिल गरेका छन् । त्यस्तै, तीनओटा स्थानीय तहको प्रमुखमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

 

विशेष