News

‘गढ, किल्ला’ भन्नेहरुका फूर्ति पनि गए यो पटक

‘गढ, किल्ला’ भन्नेहरुका फूर्ति पनि गए यो पटक

स्थानीय तहको चुनावी नतिजा सार्वजनिक भइरहँदा केही रोचक रकेर्डहरु पनि बनेका छन् । अधिकांश स्थानमा मतगणना सकिँदा कतै उम्मेदवार त, कतै मतका रकेर्ड बनेका छन् ।

यो चुनावमा प्रमुख तीन दलकै पकड मानिएको किल्ला भत्किएका छन् । नवलपरासीको गैंडाकोट, काभ्रेको बनेपा, स्याङजा कांग्रेसको पकड मानिन्छ । तर उक्त सबै स्थानमा एमालेले विजयी हासिल गरेको छ ।

त्यस्तै, तनहुँको शुक्लगण्डकी, काभ्रेको पाँचखालमा एमालेको पकड रहेको छ तर उक्त ठाउँमा भने कांग्रेसले किल्ला गाडेको छ । यसअघिका दुई चुनावमा माओवादीले जित्दै आएको गोर्खामा कांग्रेसले आफ्नो किल्ला फिर्ता ल्याएको छ । गोरखाको ११ वटा स्थानीय तहमध्ये नौवटामा कांग्रेसले जितेको छ ।

माओवादीले २ सिटमा चित्त बुझाउनु परेको छ । यता नयाँ शक्तिका बाबुराम भट्टराई आफ्नै गृहनगर पालुङटारमा तेस्रो भएका छन् ।

बाग्लुङलाई राष्ट्रिय जनमोर्चाको पकड मानिएपनि एउटा गाउँपालिकामा मात्र जित हासिल गर्न सफल भयो । यो चुनावमा राप्रपाको पनि जति अनुमान थियो, त्यो सत्य सावित भएन । धादिङको रुविभ्यालीमा मात्र राप्रपाले जितेको छ ।

–कान्तिपुर दैनिकबाट

स्थानीय तह निर्वाचन रोचक रकेर्ड

विशेष