News

जहाँ जहाँ तालमेल भयो त्यहाँ त्यहा जालझेल बाहेक केही देखिएन यो चुनावमा

जहाँ जहाँ तालमेल भयो त्यहाँ त्यहा जालझेल बाहेक केही देखिएन यो चुनावमा

स्थानीय तहको चुनावी नतिजा सार्वजनिक भइरहँदा केही रोचक रकेर्डहरु पनि बनेका छन् । अधिकांश स्थानमा मतगणना सकिँदा कतै उम्मेदवार त, कतै मतका रकेर्ड बनेका छन् ।

यो चुनावमा दलहरुले तालमेल गरेका छन् । तर तालमेलअनुसार परिणाम भने हासिल भएको छैन । बाग्लुङ नगरपालिकामा मात्र तालमेलअनुसारको परिणाम आयो । त्यहाँ एमाले, राप्रपा र राष्ट्रिय जनमोर्चाको तालमेल थियो । जस अनुसार एमालेले मेयर, राप्रपाले उपमेयर र वडा अध्यक्षहरुमा राष्ट्रिय जनमोर्चाले जिते ।

यसबाहेक अन्य स्थानमा तालमेल सफल भएको छैन । लमजुङ र तनहुँमा एमाले र माओवादीको तालमेल सफल भएन । काठमाडौं र ललितपुर नगरपालिकामा एमाले र राप्रपाको मेयर र उपमेयरमा तालमेल छ । तर उपमेयरमा उम्मेदवार नै नभएको एमालेको चुनाव चिन्हमा राप्रपाको भन्दा बढी मत आइरहेको छ ।

त्यस्तै पोखराको महानगरमा मेयरको उम्मेदवार नै नभएको माओवादी चिन्ह र चितवनमा उम्मेदवार नभएको कांग्रेसको चुनाव चिन्हमा धेरै मत आइरहेको छ ।

–कान्तिपुर दैनिकबाट

स्थानीय तह निर्वाचन मतगणना

विशेष