News

जनताले यसपटक पार्टी मात्रै हेरेनन् उम्मेदवार पनि हेरे

जनताले यसपटक पार्टी मात्रै हेरेनन् उम्मेदवार पनि हेरे

स्थानीय तहको चुनावी नतिजा सार्वजनिक भइरहँदा केही रोचक रकेर्डहरु पनि बनेका छन् । अधिकांश स्थानमा मतगणना सकिँदा कतै उम्मेदवार त, कतै मतका रकेर्ड बनेका छन् ।

स्थानीय चुनावमा पार्टीभन्दा व्यक्ति छानेर मतदान गरेको देख्न सकिन्छ । चुनावमा प्रमुख र उपप्रमुख पद क्रस गरेर जितेको छ ।

एमालेले प्रमुखमा १ सय १ स्थान जित्दा उपप्रमुखमा १ सय १५ स्थानमा जित हासिल गरेको छ । कांग्रेसले भने प्रमुखमा ९७ पद जित्दा उपप्रमुखमा ७६ सिटमात्र छ । एमालेले प्रमुखमा भन्दा उपप्रमुखमा बढी जितेको छ भने कांग्रेसले कम जितेको छ ।

माओवादीले भने प्रमुख र उपप्रमुख करिब बराबरी जितेको छ । प्रमुखमा ४५ सिट जित्दा उपप्रमुखमा ४६ जित हासिल गरेको छ । राप्रपाले एक प्रमुख जित्दा ५ उपप्रमुख जितेको छ ।

–कान्तिपुर दैनिकबाट

स्थानीय तह निर्वाचन

विशेष