एमालेका लंकबहादुर रोकाय साह्रै अभागी, दुई भोटले हारे

जेठ– ६ । स्थानीय तहको चुनावी नतिजा सार्वजनिक भइरहँदा केही रोचक रकेर्डहरु पनि बनेका छन् । अधिकांश स्थानमा मतगणना सकिँदा कतै उम्मेदवार त, कतै मतका रकेर्ड बनेका छन् ।
डोल्पामा मुडेचुला गाउँपालिका प्रमुखमा दुई मत अन्तरले जितहार भयो । माओवादी केन्द्रका दत्तबहादुर शाहीले ९ सय ३३ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायले ९ सय ३१ मत ल्याए ।
त्यस्तै जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रका एमाले प्रत्याशी रजबहादुर शाहीले १ हजार ३ सय १७ मत ल्याएर अध्यक्ष जिते । उनले निकटम प्रतिद्वन्द्वी एमालेका भैरबहादुर रोकायभन्दा ३ मत मात्र बढी ल्याए । एकालेका रोकायले १ हजार ३ सय १४ मत ल्याए ।
–कान्तिपुर दैनिकबाट
स्थानीय तह निर्वाचन