२१४ मत ल्याएर गाउँपालिकामा विजयी

स्थानीय तहको चुनावी नतिजा सार्वजनिक भइरहँदा केही रोचक रकेर्डहरु पनि बनेका छन् । अधिकांश स्थानमा मतगणना सकिँदा कतै उम्मेदवार त, कतै मतका रकेर्ड बनेका छन् ।
मनाङको चामेमा सबभन्दा कम मतले जित्ने रेकर्ड बनेको छ । चामे गाउँपालिकामा एमालेका लोकेन्द्रबहादुर घलेले जम्मा २ सय १४ मत ल्याएर प्रमुखमा निर्वाचित भए । उनका निकटम प्रतिद्वन्द्वी अनिता लामाले १ सय ७३ मत पाइन् । उक्त स्थानमा ५ सय ११ मतदाता मात्र रहेका छन् ।
–कान्तिपुर दैनिकबाट
स्थानीय तह निर्वाचन