यमनबाट तीस हजार सोमालियाली शरणार्थी घर फिर्ता

मोगादिसुः राष्ट्रसङ्घको शरणार्थीसम्बन्धि उच्चायोग (युएनएचसीआर)ले यमनमा सन् २०१५ मा द्वन्द्व सुरु भएपछि त्यहाँ विभिन्न शरणार्थी शिविरमा रहँदै आएका करिब ३० हजार सोमालियाली स्वदेश फिर्ता भएको जनाएको छ ।
युनएचसीआरका अनुसार पछिल्लो समय सोमालियाली शरणार्थीले स्वदेशमै खतरा मोल्न आफूहरु तयार रहेको बताउँदै स्वदेश फर्कन सहयोग गर्न आफूहरुलाई सघाइदिन अनुरोध गर्ने क्रम दैनिक बढेको छ ।
आफ्नै तरिकाले स्वदेश फर्किन चाहने सोमालियाली शरणार्थीलाई युएनएचसीआरले सामान्य सहयोग गर्ने गरेको भएपनि उनीहरुलाई सोमालियामा स्थापित हुन थप सघाउनुपर्ने युएनएचसीआरले जनाएको छ । युएनएचसीआरले सन् २०१७ मा १० हजार सोमालियाली शरणार्थीलाई स्वदेश फर्काउने कुरामा सहयोग गर्ने बताउँदै यसमा सघाउन अन्य अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ ।
यमनमा करिब दुई लाख ५५ हजार सोमालियाली शरणार्थी रहेका र सो सङ्ख्या यमनमा रहेका शरणार्थी सङ्ख्याको ९१ प्रतिशत भएको राष्ट्रसङ्घको तथ्याङ्क छ । सिन्ह्वा
यमन सोमालियाली शरणार्थी