दक्षिण सुडानमा सेना विद्रोहीको झडपमा ४० विद्रोहीको मृत्यु

जुवा : दक्षिण सुडानको सरकारी अधिकारीले बिहीबार विएह राज्यको वाट क्षेत्रमा भएका झडपमा कम्तीमा ४० जना विद्रोहीको मृत्यु भएको जनाएका छन् ।
सरकारी सेनासँग भएको झडपमा बिहीबार प्रतिपक्षी समूहका ४० जनाको मृत्यु भएको सुडान पिपुल्स लिवरेसन आर्मीका प्रवक्ता ब्रिगेडिएर डिकसन गटलाउकले बताए । घटनामा सेनातर्फ पाँच जना सामान्य घाइते भएको उनले बताउँदै कैयौँ विद्रोही घाइतेसमेत बनेका जनाए ।
दक्षिण सुडानको सीमा क्षेत्रमा रहेका एइ सहरमा भएको भिडन्तमा दुई दिन पहिले पनि केही सेनाको मृत्यु भएपछि सेनाले सुरक्षा कारबाहीलाई सशक्त बनाएको थियो । सिन्ह्वा
दक्षिण सुडान विद्रोही