News

पोखरा लेखनाथको वडा नम्बर १३ र १५ मा एमाले प्यानल विजयी

पोखरा लेखनाथको वडा नम्बर १३ र १५ मा एमाले प्यानल विजयी

पोखरा : पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १३ र १५ मा एमालेको प्यानल विजयी भएको छ ।

वडा नम्बर १३ को अध्यक्षमा लेखबहादुर तामाङको प्यानल निर्वाचित भएको छ भने वडा नम्बर १५मा प्रकाश पौडेलको प्यानल निर्वाचित भएको हो ।

वडा नम्वर १३ को महिला सदस्यमा एमालेकी कृष्णकुमारी गुरुङ र दलित महिला सदस्यमा कमला विक विजयी भएकी छिन् । खुल्ला दुई सदस्यमा टंकप्रसाद भट्टराई र रही मुल्ला मिया विजयी भए ।

त्यस्तै, वडा नम्बर १५ को महिला सदस्यमा पार्वती कार्की थापा विजयी भएकी छिन् । दलित महिला सदस्यमा मन्दिरा परियार, खुल्ला दुई सदस्यमा तोरणबहादुर बानियाँ र रुकबहादुर गुरुङ विजयी भएका छन् ।

एमाले प्यानल विजयी पोखरा लेखनाथ महानगरपालिका

विशेष