News

रमजान भनेको नवरात्र जस्तो हो, ईद भनेको दशैं जस्तो, यहि बेला चुनाव र परीक्षा किन राखियो ?

रमजान भनेको नवरात्र जस्तो हो, ईद भनेको दशैं जस्तो, यहि बेला चुनाव र परीक्षा किन राखियो ?

अर्कना खातुन
जेठ–६ । जेठ ३१ गते तोकिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मुस्लीम समुदायको ध्यानाकर्षण भएको छ । जेठ १३ गतेदेखि रमजानको महिना सुरु हुँदैछ । रमजानकै अवधिमा निर्वाचन पनि परेकोले निर्वाचनको मिति सार्नु पर्ने मुस्लीम समुदायले माग राखेको छ ।
मुस्लीम धर्मावलम्वीहरु रमजानको महिनामा पानी पनि नखाई व्रत बस्ने गर्दछन् । यस्तो बेलामा कसरी चुनाव प्रचार, मतदान आदि व्रत लिएकाहरुका लागि कष्टकर हुने मुस्लीम अगुवाहरु बताउँछन् ।
यसपटक कक्षा ११ को परीक्षा पनि रमजानकै अवधिमा परेको छ । रमजान सकिएपछि ईद आउँछ । ईद यसपटक असार १३ वा १४ मा पर्ने सम्भावना छ । मुस्लीम विद्यार्थी समसाद आदिल भन्छन्, ‘ईद भनेको त हाम्रो दशैं जस्तै चाड हो । यो चाडमा पनि परीक्षा राखिएको छ ।’
काठमाडौंमा बसेर पढ्ने मुस्लीम विद्यार्थीहरु ईद मनाउन आ आफ्नो जिल्ला जान्छन् । त्यही बेला परीक्षा राखिएको छ । यसले त वर्ष दिनको चाड नमनाउनु भन्ने जस्तो भएको छ –समसादले भने ।

विशेष