काठमाडौंको २६ नम्बर वडा अध्यक्षमा कांग्रेसको जित
काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर २६ को अध्यक्षमा नेपाली कांग्रेसका खेमराज तिवारी निर्वाचित भएका छन् । तिवारीले नेकपा एमालेका उम्मेदवार देवेन्द्र रिमाललाई पराजित गर्दै वडामा आफूलाई स्थापित गरेका हुन् ।
अध्यक्ष पदमा कांग्रेस विजयी भएपनि बाँकी ४ सदस्य एमालेले जितेको छ।