विदेश

अफगानिस्तानको जाबुलमा २० भन्दा बढी प्रहरी मारिए

अफगानिस्तानको जाबुलमा २० भन्दा बढी प्रहरी मारिए

अफगानिस्तान : सरकार विरोधी सयौंँ लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा २० भन्दा बढी प्रहरी मारिएका छन् ।

दक्षिणी अफगानिस्तानको जाबुल प्रान्तको शाह जोइ र देह चोपानको सुरक्षा चेकजाँच गर्ने ठाँउमा आइतबार ९आज० आतंककारीले आक्रमण गरेका प्रान्तीय गभर्नर बिस्मील्लाह अफगानमालले जानकारी दिए ।

‘हजारौँ तालीवानी विद्रोहीले शाह जोइ र देह चोपानको सुरक्षा चेकजाँच गर्ने ठाँउमा आज विहानै आक्रमण गरे । घटनामा परी २० जना प्रहरी मारिएका छन् ।’ गभर्नरले भने ।

सरकारी अधिकारीहरुका अनुसार १४ जना प्रहरी शाह जोइमा र ६ जना प्रहरी देह चोपानमा मारिएका हुन् । यसैबीच, जाबुल प्रान्तका प्रहरी उपप्रमुख गुलाम जीलानी फाराहीले प्रान्तीय राजधानी क्वालातमा लडाकुले ४० ओटा रकेट बम प्रहार गरेको तर सौभाग्यबस कुनै मानवीय क्षती भने हुन नपाएको बताए ।

उनले सरकारी सुरक्षा फौजको तर्फबाट आक्रमणकारीहरुका विरुद्धमा त्यस क्षेत्रमा सुरक्षा कारबाही कडा बनाइएको बताए । घटनास्थल राजधानी काबुलदेखि ३४० किलोमिटर दक्षिणतर्फ पर्दछ । सिन्ह्वा

 

अफगानिस्तान आक्रमण

विशेष