मध्यपुरथिमिको प्रमुखमा एमाले, उपप्रमुखमा काँग्रेस अगाडि
भत्तपुरः मध्यपुर थिमि नगरपालिका–८ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार देवकृष्ण मथ श्रेष्ठ विजयी भएका छन् ।श्रेष्ठले एक हजार ४२ मत प्राप्त गरेका छन् भने उनको निकटमत प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिलकृष्ण प्रजापतिले ९९२ मत प्राप्त गरेका थिए ।
त्यसैगरी महिला वडा सदस्यमा नेपाली काँग्रेसकी रमिता जिमा ९साय श्रेष्ठ०, दलित महिला सदस्यमा एमालेकी मन्दिरा थापा नेपाली, सदस्यमा नेपाली काँग्रेसका दिपेन धिके र अर्का सदस्यमा नेमकिपाका रमेश थापा श्रेष्ठ विजयी भएका छन् ।
मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठ १३ हजार ८६ मतका साथ अग्रस्थानमा रहेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अष्ट कवेँ नौ हजार ८९१ मतले पछाडि छन् ।
उपप्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवार अञ्जना मधिकर्मी नौ हजार ९२९ मतका साथ अग्रस्थानमा छिन् भने नेमकिपाका उम्मेदवार केदार खड्का सात हजार ३५६ मतका साथ पछाडि छन् ।
मध्यपुरथिमि नगरपालिका–९ को मतगणना सुरु भएको छ भने आज रातिसम्ममा अन्तिम परिणाम आउने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
madhyapur thimi