विदेश

राष्ट्रपति ट्रम्प इजरायलमा

राष्ट्रपति ट्रम्प इजरायलमा

इजरायल मध्यपूर्वी राष्ट्रहरुकोे औपचारिक भ्रमणका क्रममा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनको भ्रमण गर्दै छन् ।

साउदी अरबको दुइदिने औपचारिक भ्रमणका क्रममा मुसलमान नेताहरुलाई सम्बोधन गरेका राष्ट्रपति ट्रम्पले अब इजरायल र प्यालेस्टाइनको भ्रमण गर्न लागेका हुन् । राजधानी रियादमा उनको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै इस्लाम धर्मालम्बीको सबै भन्दा पवित्र भूमिमा उभिई उनले विश्वभरीका मुसलमान समुदाय एक जुट भई आतङ्कवादविरुद्ध लडी यसलाई परास्त गर्न आह्वान गरेका थिए ।

इजरालय र प्यालेस्टाइनमा हुन गइगइरहेको यस अमेरिकी राष्ट्रपतिको भ्रमणको लागि त्यहाँको सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सोमबार र प्यालेस्टाइनी नेता महमुद अब्बाससँग मङ्गलबार भेटवार्ता गर्नलागेकाे स्रोतले जानकारी दिएको छ । सो भेटवार्ताको क्रममा ट्रम्प यी दुबै नेताहरुलाई शान्ति सम्झौताको विषयमा जोड दिने स्रोतले जानकारी दिएको छ ।

दुबै पक्ष बसेर प्रत्यक्ष वार्ता गर्नुपर्ने पक्षमा आफू रहेको बताएका छन् । यसअघि साउदी अरेबियाको राजधानी रियादमा भएको तपाइँहरुले सदैब पूजा, आराधना गर्नुहुने पवित्र भूमिबाट आतङ्कबादीलाई धपाउनु होस् – ड्राइभ आउट द टेरोरिस्टस् फ्रम योर प्लेसेज् अफ वर्सिपू भन्ने आह्वानका साथ राष्ट्रपति ट्रम्पले पचासभन्दा बढी इस्लामी र अरबी नेताहरुमाझ गर्नु भएको सम्बोधन मन्तब्यको क्रममा उनले इरानले आतङ्ककावादलाई बढावा दिइरहेको अाराेप लगाएका छन् ।

त्यसैगरी इजरायल र प्यालेस्टाइनको शान्ति कायम हुनसक्ने सम्भावना पनि औल्याएका छन् । एएफपी

राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल

विशेष