News

खैरहनी नगरपालिकामा एमाले विजयी

खैरहनी नगरपालिकामा एमाले विजयी

चितवन : पूर्वी चितवनको खैरहनी नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का लालमणि चौधरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्र चौधरीलाई ९८४ मतले पछि पार्दै लालमणि विजयी भएका हुन् । लालमणिले १० हजार ७१७ मत प्राप्त गरे भने राजेन्द्र चौधरीले नौ हजार ७३३ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा पनि एमालेकै सुनिता थपलिया खरेल विजयी भए । थपलियाले १० हजार ४५१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी उम्मेदवार सुशीलादेवी उप्रेतीले नौ हजार ८८८ मत प्राप्त गरेकी छिन् ।

नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार एकराज डल्लाकोटीले तीन हजार १४७ मत प्राप्त गरे भने उपप्रमुखमा रेवती सेढाईंले दुई हजार ९२० मत प्राप्त गरेका छन् ।

खैरहनीको १३ वडा मध्ये एमालेले सातवटा वडामा अध्यक्ष जितेको छ भने नेपाली काँग्रेसले छवटा वडामा जित हासिल गरेको सहायक निर्वाचन अधिकारी एवम् सूचना अधिकारी दिवाकर पौडेलले जानकारी दिए ।

उनका अनुसार वडा नं १, ६, ७, ८, ९, १०, ११ वडामा एमालेका उम्मेदवार विजयी हुनुभएको छ भने वडा नं २, ३, ४, १२ र १३ वडामा काँग्रेसले वडाध्यक्षमा जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चितवन

विशेष